बर्दिया । बर्दियामा टिपरले कारलाई ठक्कर दिँदा कारमा सवार २ जनाकाे मृत्यु भएकाे छ ।
गुलरियाबाट भुरीगाउँतर्फ गइरहेको बा १६ च नम्बरको कारलाई ढोढरीबाट गुलरियातर्फ आइरहेको ना ८ ख ३१४ नम्बरको टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
हुलाकी सडक अन्तर्गत मधुवन नगरपालिका माचर चोकमा दुर्घटना हुँदा कारमा सवार गुलरिया नपा—४ का २३ वर्षीय सुरेन्द्र गोडिया र भिमदत्त नगरपालिका वडा नम्बर नखुलेको १८ वर्षीय निधि सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।
कारमा सवार अन्य ३ जना घाइते भएका छन् । घाइतेहरूमा चालक मनोज लोनिया, कमला सुनार र कृतिका सुनार छन् । प्रहरीका अनुसार उनीहरूकाे अवस्था गम्भीर छ । टिपर चालक कोहलपुर-६ रझेना निवासी रमेश थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।