बैशाख २१, २०८१, शुक्रबार
               

टिकटकमा आपत्तिजनक भिडियो हाल्नेलाई कडा कारबाही

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा कानुनविपरीत भिडियोहरू बनाई अपलोड नगर्न प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आग्रह गरेको छ ।

टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा अशोभनीय अमर्यादित दूराचारयुक्त, यौनजन्य तथा अश्लील तस्बिर, श्रव्यदृश्य सामग्री प्रसारण हुने गरेको छ ।

फरक क्षमता, महिला ताथ बाल अधिकार लगायतका संवेदनशील विषयहरुको ख्याल नगरी महिला तथा बालबालिकासम्बन्धी प्रचलनमा रहेका भिडियोहरू सार्वजनिक भएकोले आपत्ति जनाएको हो ।

'कतिपय सूचना, निवेदन उपर अनुसन्धान भई प्रचलित कानुनबमोजिम कारबाही भएको र कतिपय सूचना, निवेदनहरू अनुसन्धानको क्रममा रहेको छ,' बुधबार साइबर ब्युरोले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।


कस्तो लाग्यो ?

यो पनि