बैशाख २१, २०८१, शुक्रबार
               

नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकृतलाई निलम्बन गरेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको हो ।​

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई हिजो निलम्बन गरिएको हो । प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई पनि निलम्बन गरेको छ ।

प्रहरीले उनीहरूलाई निलम्बन गरेर छानविन थालेको छ । छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति गठन गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि