बैशाख २७, २०८१, बिहीबार
               

काठमाडौं उपत्यकामा सभा-जुलुश गर्न रोक

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सभा, जुलुशलगायतका भिडभाडजन्य गतिविधि गर्न रोक लगाएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको र सभा, जुलुश जस्ता गतिविधिहरुले अवस्था थप भयावह बन्न सक्ने भएकोले भिडभाडजन्य गतिविधि नगर्न प्रशासनले सबैसँग आग्रह गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार प्रकाशन गरेको सूचनामा भिडभाडजन्य गतिविधि नगर्न र संक्रमण रोकथाममा मद्धत पुर्‍याउन आग्रह गरिएको छ ।

सो सम्बन्धी गतिविधि गरे/गराइएको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

यो पनि