बैशाख १७, २०८१, सोमबार
               

१२ लाख ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

ललितपुर । लाखौं रुपैयाँ ठगी गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

नुवाकोट ककनी गाउँपालिका–४ घर भई हाल काठमाडौंको माछापोखरी बस्ने ३८ वर्षीय सुवास लामालाई प्रहरीले पक्राउ गरेको हो ।

लामा विरुद्ध काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा बिगो  १२ लाख ३० हजार रुपैयाँ तिर्न आदेश दिएको थियो ।

सो रकम नतिरी फरार रहेका लामालाई मंगलबार ललितपुरको टिकाथलीबाट नियत्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार, उनलाई आवश्‍यक कारवाहीका लागी काठमाडौं जिल्ला अदालत पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि