बैशाख २५, २०८१, मंगलबार
               

फूलबारी शहीद अस्पतालको सबै सेवा बन्द

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

तनहुँ । शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोर फूलबारी शहीद अस्पतालको सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले सोमबारदेखि अर्को सूचना नआएसम्मका लागि सेवा स्थगित गरिएको हो ।

अस्पतालमा कार्यरत कर्मचारी सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाले कोरोना परीक्षणका लागि अस्पतालको सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा प्रतिक्षा आलेले जानकारी दिए । उनका अनुसार ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टाइनमा राखी स्वाब परीक्षण गरिनेछ । समुदायबाट सञ्चालित उक्त अस्पताल गत वर्षको वैशाख १ गतेदेखि शुक्लागण्डकी नगरपालिका मातहत सञ्चालनमा आएको थियो । अस्पतालमा शुक्लागण्डकी नगरपालिकाले मेडिकल अधिकृतसहित कर्मचारी नियुक्त गरेको थियो । जर्मनी स्वंयमसेवीहरूको संस्था इभी कास्यलको सहयोगमा सञ्चालित सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

वि.सं २०५५ फागुनमा सो सस्थाको सहयोगमा छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रुपमा सञ्चालित अस्पताल एक दशकयता साँखेबाट सञ्चालित थियो । अस्पतालबाट शुक्लागण्डकी नगरपालिका र स्याङ्जाको बिरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि