बैशाख २३, २०८१, आइतबार
               

प्रधानमन्त्रीपछि कमल थापाले पनि खोले टिकटक अकाउन्ट

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट खोलेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि टिकटक एकाउन्ट खोलेका छन् ।

पछिल्लो समय युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् ।

यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन । हाल एउटा मात्र भिडियो पोष्ट भएको छ ।

पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ ।

यसैबीच, राप्रपा अध्यक्ष थापाले पनि टिकटक अकाउन्ट खोलेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत थापाले आफूले पनि टिकटक अकाउन्ट सञ्चालनमा ल्याएको जानकारी गराएका हुन् ।

थापाले आफ्नो टिकटकमा केही भिडियोहरु समेत शेयर गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि