जेठ ०१, २०८१, मंगलबार
               

१३ हजार घुस लिने प्रहरीविरुद्ध मुद्दा दायर

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खुर्द खजुरा बाँकेमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक लुद्रबहादुर केसी र  प्रहरी हबल्दार राजेशबहादुर द्वाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार साबिक निजी जग्गामा रहेको आँपको काठ चिरान गर्न लैजाने प्रयोजनका लागि सेवाग्राहीसँग १३ हजार घुस लिएको आरोप लागेको छ । आयोगले बिगोअनुसारको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि