असोज ०६, २०८१, आइतबार
               

खाजा घरमा काम दिई जबर्जस्ती यौन व्यवशायमा लगाउने सञ्चालक पक्राउ

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ
कास्की । पोखरामा महिलालाई जबरजस्ती शारीरिक सम्पर्क गराउन लगाउने खाजाघरका सञ्चालक पक्राउ परेका छन् । पोखरा महानगरपालिका-९ जाल्पारोडमा खाजा घर सञ्चालन गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका-३ घर भएका ३४ वर्षीय केशव भुजेललाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । भुजेलले एक महिलालाई सुरूमा विभिन्न प्रलोभन देखाई आफ्नो खाजा घरमा काम गर्न लगाएका थिए । ती महिलालाई उनले खाजा, नास्ता वितरण गराउने काम दिएका थिए। तर केही दिनपछि नै उनले आफ्नो खाजाघरमा आउने ग्राहकहरूसँग पैसा लिएर शारिरिक सम्पर्क गर्न लगाएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । 

साथै अन्यत्र होटलहरूमा समेत जबरजस्ती पठाई यौन शोषण गराएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । भुजेल उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाएको छ।


कस्तो लाग्यो ?

यो पनि