जेठ ०६, २०८१, आइतबार
               

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

रासस
मंसिर १३, २०७७

फाइल फोटो
ADVERTISEMENT

मान्म । कालीकोटको पलाँता गाउँपालिकाबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

पलाँता गाउँपालिका-७ पारौटीका ४० वर्षीया जयपुरा बमको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् शुक्रबार बेलुका उद्धार गरिएको हो ।

सुत्केरी ब्यथा लागेपछि उनी स्थानीय स्वास्थ्यचौकीमा पुगेकी थिइन् । तर त्यहाँ शिशु जन्मिन नसकेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुख हिमाल सन्ज्यालले जानकारी दिए ।

बमको स्वास्थ्य अवस्था जटिल देखिएकाले सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि लगिएको पलाँता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विनोद न्यौपानेले बताए ।

‘उहाँको शरीरमा रगतको मात्रा कमी देखिएको छ । स्वास्थ्य अवस्थासमेत कमजोर छ,’ न्यौपानेले भने, ‘पाठेघरमा जटिल समस्या देखिएको कारण उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल पठाएका छौँ ।’ 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि