असोज ०६, २०८१, आइतबार
               

बालिकालाई दूधभात खुवाएर यौन दुर्व्यवहार गरेको अभियोगमा वृद्ध पक्राउ

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

सप्तरी । बालिकामाथि यौन दुर्व्यवहारको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सप्तरी तिरहुत गाउँपालिका–५ लोहजारा ७६ वर्षीय लक्ष्मी महतो रहेका छन् । 

महतोमाथि स्थानीय ७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

ती बालिकालाई घरमा बोलाएर दूधभात खान दिएर महतोले बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । 

बालिका डराएर चिच्याएपछि स्थानीयले बालिकाको उद्धार गरेका थिए । 

पक्राउ परेका महतोलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको डिएसपी नरेश सिंहले बताए ।

यो पनि