बैशाख १७, २०८१, सोमबार
               

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल्ने व्यक्ति बुढानिलकण्ठबाट पक्राउ

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नगर प्रहरीमा जागिर लगाइने प्रलोभन देखाएर पैसा असुल्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं ७ गल्फुटार बस्ने ३८ वर्षीय हरि थापा मगर रहेका छन् ।

नगर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै उनले ६ जनासँग पैसा असुलेको महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले जनाएको छ । 

थापा मगरले नगर प्रहरी जवानमा जागिर लगाइदिन्छु भन्दै ६ जनासँग ६७ हजार ७५० रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको बुढानिलकण्ठ प्रभागका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार तामाङले जानकारी दिए ।

तामाङका अनुसार फर्जी प्रवेश पत्र समेत बनाएर ठगी गरेको अवस्थामा थापामगर पक्राउ परेका हुन् । 

बुढानिलकण्ठ प्रभागले उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको छ ।


कस्तो लाग्यो ?

यो पनि