काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका ८ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा गरेको छ । डिआइजीसँगै एकजना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको छ ।
बिहीबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गर्दै ८ डिआइजी र १ जना एसएसपीको सरुवा भएको हो । डिआइजी राजु अर्यालको उपत्यका हेर्ने पशुपति बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ । अर्याल सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता थिए ।
त्यस्तै पशुपति बाहिनीको बाहिनीपतिमा रहेका डिआइजी प्रविणकुमार श्रेष्ठको बैद्यनाथ बाहिनी मुुख्यालय कैलाली सरुवा गरिएको छ ।
बैद्यनाथ बाहिनी मुुख्यालयका निमित्त बाहिनीपति रहेका एसएसपी अभिकुमार खत्रीको महेश्वरी बाहिनी मुुख्यालय, सुुर्खेत काज सरुवा भएको छ ।
त्यस्तै सशस्त्र मुख्यालयमा रहेका डिआइजी चन्द्रप्रकाश गौतमको सशस्त्र प्रहरी बल, नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा काज सरुवा भएको छ । त्यहाँ रहेका डीआईजी कृष्णभक्त बम्हचार्यको गौतमको ठाउँमा सरवा भएको छ ।
को–कहाँ सरुवा भए ?