बैशाख २५, २०८१, मंगलबार
               

नेपाल-भारत सम्बन्धका चार कुरामा जोड दिउँ : श्रृंगला

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपाल र भारतबीचको सम्बन्धका चारवटा खम्बाको रुपमा निश्चित क्षेत्रहरुलाई औल्याउँदै ती क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् ।

उनले विकास सहायता, अझ मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार र आर्थिक परियोजनाहरु नेपाल र भारत सम्बन्धका चार खम्बा भएको बताएका हुन् ।

शुक्रबार बिहान एआइडिआइए नामक संस्थाले आयोजना गरेको संवाद कार्यक्रममा उनले भारतले नेपालमा आफ्ना कार्यक्रमहरु चयन गर्दा नेपालको प्राथमिकताका आधारमा काम गर्ने स्पष्ट पारे ।

भारतीय प्रधानमन्त्री मोदीको ६ वर्षपहिले प्रधानमन्त्रीको रुपमा भएको पहिलो नेपाल भ्रमणपछि नेपाल भारतबीच बिभिन्न तहका बैठक र संयन्त्र नियमित र थप क्रियाशिल भएको उनले बताए ।

नेपाल र भारतबीच रहेको जनस्तरको सम्बन्ध र आपसी हितलाई मध्यनजर गरेर द्विपक्षीय सहायता तथा सहकार्यलाई अघि बढाइने उनले बताए ।

नेपाल र भारत दुवै देशका नयाँ पुस्ताको आकांक्षा अनुसार डिजिटल टेक्नोलोजीमा पछिल्ला वर्षमा विकासलाई आत्मसात् गर्दै दुई पक्षीय सहकार्यलाई विकास गर्दै लैजानुपर्ने उनको धारणा छ ।

नेपालको दुई दिने भ्रमणमा क्रममा श्रृंगला हिजो (बिहीबार) काठमाडौं आएका हुन् । 

उनले हिजो नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गर्नुका साथै आफ्ना समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग द्विपक्षीय वार्ता गरेका थिए ।

ती सबै भेटवार्ताहरुमा भएको कुराकानीमा नेपाल र भारतबीच सम्बन्धबारे समान धारणा रहेको पाउँदा आफू उत्साहित भएको उनले सुनाए ।

यो पनि