बैशाख २४, २०८१, सोमबार
               

गुल्मीमा जिप दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

काठमाडौं । गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–४ दोहलीको हुलमा लु १ ज ११६६ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त जिप हुलबाट तम्घास आउँदै थियो । सोही दुर्घटनामा अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वति दर्लामी र सहचाक २५ वर्षीय कमल हितान घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि