असोज ०६, २०८१, आइतबार
               

पेस्तोल र गोलीसहित पक्राउ

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

पर्सा ।  वीरगञ्ज महानरगपालिका-११ दुर्गा टोल बस्ने सर्लाही बलरा नगरपालिका-१० सुदामा घर भएका ४९ वर्षीय जितेन्द्र प्रसाद सिंहलाई १ थान पेस्तोल, ४ राउण्ड गोली, १ थान म्यागजिनसहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सिंहको घरमा अवैध हात-हतियार लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र बिर्ताबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि