असोज ०६, २०८१, आइतबार
               

निषेधाज्ञाको अवज्ञा गर्दै मेयरको पुत्ला जलाइयो

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

महोत्तरी । बर्दिबासमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा (कर्फ्यू) अवज्ञा गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ ।

तर ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्याको विरोधमा स्थानीयले प्रदर्शन जारी राखेका हुन् । हिजो प्रहरीको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेको उपचारको क्रममा मृत्यु भएपछि स्थानीय झनै आक्रोशित बनेका हुन् । 

प्रदर्शनकारीले मृतक सञ्जय न्यौपानेलाई सहिद घोषाणा, मृतक परिवारलाई क्षतिपुर्ति, गोली चलाउने आदेश दिने अधिकारीलाई निलम्बन लगायतको माग राखेका छन् । 

यसैबीच, प्रदर्शनकारीले बर्दिबास बजारमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीको पुत्ला समेत जलाएका छन् ।

प्रदर्शनकारीहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने बजार व्यवसाय पूर्ण रुपमा ठप्प पारिएको छ । यातायात ठप्प हुँदा यात्रीहरु भने समस्यामा परेका छन् ।

यो पनि