असोज ०६, २०८१, आइतबार
               

बर्दिवासमा ६ वर्षीया बालिका हत्याको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । महोत्तरीको बर्दिवासमा मंगलबार ६ वर्षीया बालिका हत्याको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको छ ।

उक्त घटनाको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । उपचारको लागि काठमाडौं ल्याइएका उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या गरी बोरामा बाँधेर जंगलमा फालिएको अवस्थामा शव भेटिएपछि आफन्त र स्थानीय बासिन्दाले दोषीलाई कारवाहीको मागसहित बालिकाको शव सडकमा राखेर बर्दिवासमा विरोध प्रदर्शन गरेका थिए ।

सोही घटनाको प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर उनी गम्भीर घाइते भएका थिए । न्याैपानेलाई मंगलबार  नै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उनीसँगै घाइते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ ।

न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावग्रस्त बनेको छ । ६ वर्षीया बालिका हत्याको आरोपमा स्थानीय अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । 
 

यो पनि