असोज ०६, २०८१, आइतबार
               

गुडिरहेको सफारीबाट लडेर चालकको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकमा गुडिरहेको सिटी सफारीबाट लडेर चालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो विराटनगरबाट मिलनचोक जाँदै गरेको को २ ह ५४९२ नम्बरको सफारीबाट अचानक लडेर चालक विराटनगर महानगरपालिका–२ का ३५ वर्षीय सुनिल मण्डलको मृत्यु भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार घटना भएका बेला सफारीमा यात्रु भने थिएनन् । एक्कासी शरीर भुइँमा ढले पनि उनको खुट्टा सफारीमै अड्किएको थियो । सफारी सडकमै रोकिएको थियो । 

घटनापछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । अचानक भुइँमा ढलेको केही बेरमै चालक मण्डलको मृत्यु भएको स्थानीयले बताए । 

उनको मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि