बैशाख २२, २०८१, शनिबार
               

सुर्खेतमा भ्रष्टाचारका उजुरीको चाङ, ७२० मध्ये ६२९ उजुरीमा छानबिन हुँदै

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

कर्णाली प्रदेशका १० जिल्लाका अनियमिताका ७२० उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा परेका छन् । चालु आर्थिक वर्ष असोज मसान्तसम्म आयोग सुर्खेतमा परेका उजुरीमध्ये ९१छिनोफानो गरिएको छ । 
बाँकी ६२९ उजूरी छानबिनका क्रममा रहेको आयोगका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।  गत आव २०७६/७७ मा कर्णालीका जिल्लामा ४६७ उजुरी परेका थिए । आयोगमा सबैभन्दा बढी सुर्खेत जिल्लाका उजुरी परेका छन् । कार्यालयका अनुसार सुर्खेतबाट मात्र १४५ उजुरी परेका छन् । तीमध्ये २५ छिनोफानो भएका छन् ।

बाँकी १२५ छानबिनका क्रममा रहेको जनाइएको छ । दश जिल्लामध्ये कम उजुरी रुकुम(पश्चिम)का छन् । त्यहाँबाट हालसम्म ३७ उजुरी आयोगमा दर्ता भएका छन् ।  त्यस्तै डोल्पाबाट ३८, सल्यानबाट ३९, मुगुबाट ४२, हुम्लाबाट ५९ र  जुम्ला जिल्लाका ५५ उजूरी अख्तियारमा परेका छन् ।

 त्यस्तै जाजरकोटका ८२, कालीकोटका ९२, दैलेखका १३१ र सुर्खेत जिल्लाका १४५ उजूरी रहेको आयोग सुर्खेतको तथ्याङ्कमा उल्लेख छ । चालू आवका तीन महिनामा ९१ उजूरी छिनोफानो भएका छन् । तिनमा सबैभन्दा बढी सुर्खेतका २५ वटा छन् । 

त्यस्तै दैलेखका ३७, जाजरकोटका १९, कालीकोटका ११, हुम्लाका चार, जुम्लाका १२ र रुकुम(पश्चिम) का १८ उजुरी छिनोफानो भएका छन् ।  कालीकोटका १३, जाजरकोटका ११, जुम्लाका ६, रुकुम(पश्चिम)का पाँच र सल्यान जिल्लाका चार उजुरी छिनोफानो भएका छन् । डोल्पा, मुगु र हुम्लाका तीनतीन उजुरी छन् ।

बढी उजुरी स्थानीय तहका
आयोगका अनुसार सङ्घीय संरचनानुसार सबैभन्दा बढी उजुरी स्थानीय तहका परेका छन् । गत आवमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(स्थानीय तह)अन्तर्गत २९२ उजूरी परेका थिए ।  सङ्घीय मन्त्रालयअन्तर्गतका १६८ र प्रदेश सरकारअन्तर्गतका मन्त्रालयका १६६ उजुरी आयोगमा परेको जनाएको छ । पछिल्लो समय आयोगमा उजुरी पर्ने क्रम बढ्दै गएको छ  । 

आयोग सुर्खेतको तथ्याङ्कअनुसार सबैभन्दा बढी उजुरी वैशाख, जेठ, असार र साउन महिनामा पर्ने गरेको छ । विशेषगरी आवका अन्त्यमा विकास बजेट खर्च गर्ने र गुणस्तहीन काम हुने भएका कारण बढी उजुरी पर्ने गरेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि