असोज ०६, २०८१, आइतबार
               

सल्यान सदरमुकाम एक साताका लागि सिल

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

सल्यान । समुदायमा कोरोना संक्रमण बढेपछि शारदा नगरपालिका–२ स्थित सदरमुकाम खलंगा बजार एक साताका लागि सिल गरिएको छ ।

सोमबार १० जना स्थानीय तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रशासन कार्यालय सल्यानले ९ देखि १५ मंसिरसम्म खलंगा बजार र आसपासको क्षेत्र सिल गरेको हो । 

सदरमुकाम सिल भएपछि अत्यावश्यक कामबाहेक आवतजावतमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, खाद्यान्न, डेरी, तरकारी, फलफूल लगायतका व्यवसाय बिहान ८ देखि ९:३० सम्म खोल्न सकिने जनाएको छ । 

संक्रमित बढेसँगै कन्ट्रयाक्ट ट्रेसिङलाई तीव्रता दिइएको शारदा नगरप्रमुख सुरेश अधिकारीले बताए । आइतबार र सोमबार ३१ जना कोरोना संक्रमित थपिएपछि सल्यानमा संक्रमितको संख्या ६ सय ४५ पुगेको छ । जसमध्ये ५ सय ५० निको भइसकेका स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अहिलेसम्म २ जनाको कोरोनाबाट ज्यान गएको छ ।

अन्य समयमा आवातजावत गरेको पाइए संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि