असोज ०६, २०८१, आइतबार
               

सीमा विवाद रहेको इलाकाको सन्दकपुरमा बिओपी स्थापना

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

झापा । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–५ स्थित जौँवारीमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्ट स्थापना भएको छ ।

एक प्रदेशका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषि राज्यमन्त्री राम रानाले सोमबार आयोजित एक समारोहकाबिच उक्त बिओपीको उद्घाटन गरेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध काम कारवाहीहरूमा परिचालित हुनेछ ।

इलाम जिल्लाको सदरमुकामदेखि करिब ३९ किलोमिटरको दूरीमा नेपाल–भारत सीमानाका भन्दा करिब १ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले सोमबारदेखि नै दैनिक कार्य आरम्भ गरेको छ ।

सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोबस्तीका सामानसहित सो ठाउँमा खटिएको हो । नेपाल सरकारको नीतिअनुरुप सिमानालाई अझ मजबुत बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्टहरु थप गर्दै लगिएको हो ।

हालसम्म १८९ वटा बोर्डर आउट पोस्ट स्थापना भइसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोस्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको जनाइएको छ ।

सन्दकपुरमा पहिलादेखि नै सीमा विवाद कायम छ । सीमा विवादकै कारण पटक–पटक सन्दुकपुरमा तनावसमेत उत्पन्न भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि