असोज ०६, २०८१, आइतबार
               

हातहतियारसहित ६ जना पक्राउ

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

भोजपुर । भोजपुर नगरपालिका-८ स्थित पोखरेलाईनबाट एसएलआर राईफलको २ राउण्ड गोली, थ्रिनटथ्रि राईफलको १ राउण्ड गोली, १.६ फिट  डेटोनेटर कडसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पौवादुम्मा गाउँपालिका-३ च्याङ्ग्रे बस्ने २१ वर्षीय विकास राई किराँती र १९ वर्षीय सुरभजंग क्षेत्री भन्ने योगराज कार्की रहेका छन् ।

त्यस्तै कटारी नगरपालिका-७ मर्जेतपुर उदयपुरबाट १ थान भरुवा बन्दुकसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रुद्र बहादुर तामाङ र कृष्ण बहादुर तामाङ रहेका छन् ।

यता  मोरङकाे मिक्लाजुङ गाउँपालिका-१ सिलिलिङ बस्ने अरुण भन्ने ५८ वर्षीय अमृत बहादुर श्रेष्ठलाई १ थान टोटा बन्दुक, सोही बन्दुकको ३ थान खाली खोका, करिब ५ सय ग्राम बारुद र २ थान मोबाइल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुकाे बिजयनगर गाउँपालिका-१ नेउलागंज बस्ने ४९ वर्षीय जोखु थारुलाई १ थान भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले जोखुको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि