जेठ ०७, २०८१, सोमबार
               

बलात्कार आरोपीको घरमा आगो : प्रहरीलाई निभाउन दिइएन, गोली लागेर तीन घाइते

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

महोत्तरी । बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीयले लगाएको आगो प्रहरीलाई समेत निभाउन दिएका छैनन् ।

मंगलबार बिहान स्थानीयले बलात्कारका आरोपी स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा आगो लगाएका थिए । 

आगोले पुरै घर ध्वस्त हुने अवस्थामा पुगेपछि नियन्त्रणका लागि पुगेका प्रहरीलाई स्थानीयले रोकेका हुन् ।

किराना पसल समेत रहेको उक्त घरमा बिहानैदेखि आगो दन्किरहेको छ । 

यसैबीच, घटनाको बिरोधमा अहिले पनि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन् । 

प्रदर्शनलाई नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाएको छ ।

गोली लागी तीनजना प्रदर्शनकारी घाइते भएका छन् । स्थानीयका अनुसार प्रहरीको गोली लागेर बर्दिबास बस्ने ३५ वर्षीय संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की घाइते भएका हुन् ।

न्यौपानेको तिघ्रामा, आलमको टाउकोमा गोली लागेर गम्भीर घाइते भएका छन् । न्यौपाानेको उपचार बर्दिबासमा हुन नसकेपछि  काठमाडौं रेफर गरिएको छ ।

अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदै छ ।

यसअघि पनि स्थिति नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो । तर पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

आइतबार बेलुकादेखि बेपत्ता बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव फेला परेको थियो । 

पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

बालिका गुलाबलाई साहले बलात्कारपश्चात हत्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ ।

यो पनि