असोज ०६, २०८१, आइतबार
               

बालिका बलात्कारपछि हत्याको आरोप लागेका युवकको घरमा स्थानीयले लगाए आगो

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

महोत्तरी । बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीयले आगो लगाएका छन् ।

बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव फेला परेको थियो । 

बालिका हत्या आरोपमा पक्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा मंगलबार बिहान स्थानीयले आगो लगाएका हुन् ।

बालिकाको हत्यापछि बोरामा राखेर शव फालिएको घटना सार्वजनिक भएपछि स्थानीय आक्रोसित भएका छन् । 

उनीहरुले आरोपित युवकको घरमा ढुंगामुढा गर्नुको साथै किराना पसल भएको घरमा आगो लगाएका हुन् । आज बिहानैदेखि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरिसकेको छ ।

आइतबार साँझदेखि हराइरहेकी बालिका गुलाबलाई साहले बलात्कार पश्चात हत्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ । पक्राउ परेका साहले समेत आफुले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बालिकाको शव फेला परेपछि मंगलबार बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर बर्दिबासमा स्थानीयल प्रदर्शन गरिरहेका छन् । 

बालिका हत्याको शोकमा बर्दिबासका केही विद्यालयले मंगलबार पठनपाठन रोकेका छन् । बालिका अध्ययन गर्ने नोबेल एकेडेमी बर्दिबास पनि आज बन्द भएको छ ।


कस्तो लाग्यो ?

यो पनि