असोज ०६, २०८१, आइतबार
               

बालिका हत्या प्रकरण : बर्दिबासको शुभम बस्तीमा गोली चल्यो

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

महोत्तरी । बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया गुलाव शाह खातुनको हत्या विरोधमा जारी प्रदर्शनमा गोली चलेको छ । 

प्रहरीले भीड नियन्त्रणमा लिन गोली चलायो वा पीडित र आरोपित पक्षमध्ये कसले गोली चलायो भन्नेबारे विस्तृत विवरण आइसकेको छैन । 

​शुभम् बस्तीबाट हराइरहेकी ६ वर्षीया बालिका खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका(५ का २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेका छन् ‌। पक्राउ परेका शाहको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन्‌ ।

प्रहरीका अनुसार खातुनको शव सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टी पर्ने विनोद साहको खाली जग्गामा भेटिएको थियो । 

स्थानीय शहीद आलमकी छोरी खातुन आइतबार साँझदेखि बस्तीबाटै हराएकी थिइन् ‌। हत्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा सोमबार मध्यरातमा  शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि