असोज ०६, २०८१, आइतबार
               

बारुदसहित ६ जना पक्राउ

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

लमजुङ । दोर्दी गाउँपालिका-८ खिंचोक पास्वाराबाट रोल्पा गंगादेव गाउँपालिका-२ बस्ने ४२ वर्षीय जंग बहादुर भण्डारीसहित ६ जनालाई करिब ५०० ग्राम बारुदजन्य पदार्थ, ५०० ग्राम गन्धक र छर्रा लगायतका सामग्रीसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले दोर्दी गाउँपालिका-८ खिंचोक पास्वारा बस्ने मंगल तामाङको घरमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई उक्त बारुदजन्य पदार्थ र सामग्रीसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरू आइतबार राति पक्राउ परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि