असोज ०६, २०८१, आइतबार
               

सुत्केरीको मृत्युपछि चिकित्सक फरार, अस्पतालमा आफन्तहरुको प्रदर्शन

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

सिरहा । शनिबार राती सिरहाको लहानस्थित एक निजी अस्पतालमा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका ९ बैशाखा गाउँकी २७ वर्षीया आरती साह हुन् ।

उनलाई डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार दिउँसो ४ बजे भर्ना गरिएको  थियो। राती शल्यक्रिया गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि अस्पतालका चिकित्सक फरार भएका छन् ।

आक्रोशित मृतकका आफन्तहरु रातीदेखि नै प्रदर्शनमा उत्रिएक छन्। उनीहरुले अस्पतालमा तोडफोड गर्नुको साथै उपचारमा लापरबाही गर्ने डाक्टरमाथि कारबाहीको माग गरेका छन् ।सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडि सैयौं सुरक्षाकर्मी तैनाथ गरेको छ । शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ। शिशुलाई अर्को अस्पतालमा सारिएको छ ।


 


कस्तो लाग्यो ?

यो पनि