जेठ ०६, २०८१, आइतबार
               

हतियारसहित एक युवकलाई पक्राउ

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

सिराहा । हतियारसहित एक युवकलाई पक्राउ परेका छन् ।  प्रहरीले सिरहा औरही गाउँपालिका–५ जगदेव बाबा पोखरीमा छठ बनाउन गएको अवस्थामा २२ वर्षीय रविन दासलाई पक्राउ गरेको हो । 

शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा पुरानो रिसिईबीको कारण आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन छठको घाटमा पेस्तोल बोकेर पुगेका थिए ।

सोही क्रममा रविनले पेस्तोल निकालेर विनोदको कन्चटमा ताकेको स्थानीयले देखेलगत्तै नजिकैको प्रहरी चौकी औरहीमा जानकारी गराएपछि उनी पक्राउ परेको बुझिएको छ । 

उनी जगदेवी बाबा पोखरीबाट हतियारसहित पक्राउ गरिएको हो । दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप दुई राउण्ड गोली पनि बरामद गरिएको छ ।  रविनलाई हिरासतमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि