जेठ ०७, २०८१, सोमबार
               

बलात्कार गरेकाे भिडियो बनाई ब्ल्याकमेलिङ

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

सिरहा । सिरहामा एक महिलालाई बलात्कार गरी भिडियो बनाएर पीडितलाई ब्ल्याकमेलिङ गरेकाे अभियोगमा प्रहरीले अजय महरालाई पक्राउ गरेकाे छ ।  २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

ती महिलालाई सोही नगरपालिका-४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर  सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो ।

हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि