जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंमा बालिका बलात्कृत, छिमेकी युवक पक्राउ

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा बालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २३ वर्षीय सुरेश लोहार छन् ।

चन्द्रागिरि नगरपालिका–२, बसुण्डोलकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा छिमेकी सुरेश पक्राउ परेका हुन् । 

महानगरीय प्रहरी वृत्त, थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार सोमबार साँझ बालिकाको परिवारले उजुरी दिएपछि युवक पक्राउ परेका हुन्  । 

पीडितको सोमबार नै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण गराइएको उनले बताए ।

बालिकालाई भेट्न बोलाएर कोठामा लगी सुरेशले करणी गरेको पीडित परिवारको जाहेरीमा उल्लेख छ । 

सुरेशलाई मुलुकी अपराध संहितामा भएको करणी सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि