असोज ०६, २०८१, आइतबार
               

राजमार्गमा गाडी रोकेर पैसा माग्ने ६ जना पक्राउ

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

नवलपरासी । पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल खरेल र ३० वर्षीय सुजन तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । 

बर्दघाट नगरपालिका–४ स्थित राजमार्गमा समूहमा रहेका युवाले गाडी रोकेर जबर्जस्ती रकम असुली गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । 

सो समूहले लमजुङबाट रुपन्देहीको खैरेनीतर्फ कुखुरा लिएर आउँदै गरेको प्रदेश ०३–००१ च ०२२० नम्बरको जिपलाई रोकी भेटेरेनरी बिल देखाउन भन्दै गाडीको साँचो खोसेर रकम माग गरेको थियो । 

साथै गाडीमा रहेका केही कुखुरामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका युवामाथि थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । 


कस्तो लाग्यो ?

यो पनि