जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं कपनकाे एक घरमा आगलागी, एक जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं कपनकाे एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बालुवाखानी चोकस्थित एक घरमा आगलागी हुँदा एकको मृत्यु भएको हो ।

सोही घटनामा अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय नारायणबहादुर बस्नेतको घरमा भाडामा बस्ने नुवाकोटका ३९ वर्षीय कृष्णबहादुर तामाङको कोठामा आगलागी हुँदा जलेर मृत्यु भएको हाे ।

चारतले घरको पहिलो तलामा भाडामा बसेका नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–५ निवासी कृष्णबहादुर तामाङको जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार तिहारको टीका लगाउन नुवाकोटबाट आएकी उनकी बहिनी ३५ वर्षे विपना तामाङ र उनका छोरा ११ महिने दावा जलेर घाइते भएका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि