असोज ०६, २०८१, आइतबार
               

कोभिड-१९का कारण डाक्टर झा र थापाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड-१९ का कारण दुई जना डाक्टरको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. सुनिल झा र डा. नारायणबहादुर थापा छन् । 

झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमंका प्राध्यापक पनि हुन् । उनको त्रिवि शिक्षण अस्पतालका उपचारका क्रममा सोमबार विहान मृत्यु भएको हो ।उनलाई कात्तिक दोस्रो साता कोरोना संक्रमण पुष्टि भएका उनलाई रेमडिसिभिरका साथै प्लाज्मासमेत दिइएको थियो । तर मल्टी अर्गान फेलियर भएपछि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

डा. थापा नेपाल बर्न सोसाइटी र इशान अस्पतालका अध्यक्ष हुन् । कोरोना संक्रमित उनको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि