जेठ ०७, २०८१, सोमबार
               

देशैभर चिसो बढ्यो, केही स्थानमा हिमपात र सामान्य वर्षा

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

सोमबार साँझ मौसम बुलेटिन जारी गर्दै महाशाखाले आज राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली साथै सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

यसैबीच, काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । आज बिहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो ।

महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस छ ।

पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यसैगरी बुधबार राति प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।


कस्तो लाग्यो ?

यो पनि