मंसिर ०७, २०८१, शुक्रबार
               

मैनबत्तीबाट आगो लागेर झापामा ७ वर्षीया बालिकाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

दमक । मैनबत्तीबाट आगो लागेर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ । कमल–२ स्थित थापा गाउँका धु्रव परियारकी ७ वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ  ।

बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो ।

आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु हुन पुगेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।

आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते भएका छन् । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको आएको प्रनाउ पण्डितले वताए । 


कस्तो लाग्यो ?

यो पनि