बैशाख २१, २०८१, शुक्रबार
               

नेपाल संवत : निःस्वार्थ भावले अग्रसर रहन प्रेरणा दिने राष्ट्रपतिको विश्वास

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् । 

राष्ट्रपति भण्डारीले नेसं नयाँ वर्षका अवसरमा आज  शुभकामना सन्देश दिँदै यस संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

उनले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको अधिकतम पालना गर्दै नेपाल संवतको नयाँ वर्ष मनाउन सबैमा आह्वान समेत गरेकी छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो । यस संवत्को पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ । 

लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ ।

यो पनि