जेठ ०६, २०८१, आइतबार
               

९७ लाख नगद चोरी गर्ने पक्राउ, खाटमुनि र झाडीमा भेटियो पैसा

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७

ADVERTISEMENT

चितवन प्रहरीले ९७ लाख नगद चोरी गर्ने एक व्यक्तिलाई  पक्राउ गरेको छ । 

कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् । 

उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए । 

कविराज सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्ने आएका थिए ।  

प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टर (भवन) मा निज कविराज थापा बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा नगद ५७ लाख रुपैयाँ र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा नगद ४० लाख गरी ९७ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

नगदसँगै चोरी कार्यमा प्रयोग हुने औजारहरूसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । 

कविराजलाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता थापाले बताए । 


कस्तो लाग्यो ?

यो पनि