डोटी । डोटी जिल्लाको आदर्श गाउँपालिका-१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा साउद गम्भीर घाइते भएका थिए ।
साउदको उपचारका क्रममा गएराति शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा मृत्यु भएको हो ।
मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ ।
राँगाले हान्दा उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।