जेठ ०६, २०८१, आइतबार
               

१५३ केजी बँदेलको मासुसहित ३ जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेका अवस्थामा प्रहरीले मासुसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीका नेतृत्वमा गएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत मूलपानी चोकबाट आज प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कर्णाली प्रदेश ०२००१ ख ०२६२ नम्बरको सेतो रङको फोर्स गाडीमा जाँच गर्दा पाँच बोरा (१५२.५७ केजी) मासु बरामद गरिएको प्रनि रायमाझीले बताए । 

उनका अनुसार गाडीका छतमा लुकाइछिपाई राखिएका अवस्थामा मासु बरामद गरिएको थियो । गाडी चालक बराहताल गाउँपालिका ८, सुर्खेतका २७ वर्षीय अर्जुन गौतम, संरक्षित वन्यजन्तुको मासु प्राप्त गर्ने वीरेन्द्रनगर ४ का ४५ वर्षीय प्रेम बुढा मगर र चौकुने गाउँपालिका ८ सुर्खेतका ३५ वर्षीय दीपेन्द्रराज गिरीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि