जेठ ०६, २०८१, आइतबार
               

३४ वर्षपछि फरार अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा ३४ वर्षदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिउ मास्ने बेच्ने मुद्धाका फरार अभियुक्त साविक रामनगर गाविस–१ (हाल सुनवल नगरपालिका–१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनले २०४३ असार ८ गते सापकोटालाई जिउ मास्ने बेच्ने मुद्धाअन्तर्गत दश वर्षको सजाय फैसला गरेपछि फरार रहेका सापकोटालाई ३४ वर्षपछि शुक्रबार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशानुसार तोकिएको दश वर्ष सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि