असोज ०६, २०८१, आइतबार
               

संक्रमण शून्य भएको हुम्लामा थपिए १२ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

सिमकोट । हुम्लाको नाम्खाका थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चारजनामा कोरोना पुष्टि भएको दुई दिनपछि नाम्खा गाउँपालिकाका थप ८ जनामा कोरोना देखिएको हो । सुर्खेतमा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण देखिएको हो ।

अघिल्लो चार जनामा कोरोना पुष्टि भएको पालिका केन्द्रमा रहेको याल्वाङको महावौद्ध माविकै अरु ८ जनामा कोराना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए । हुम्ला जिल्लाकै निक्कै सुरक्षित ठानिएको नाम्खा गाउँपालिकाको समुदायमा कोरोना देखिएको छ । संक्रमण थप नफैलियोस् भन्नका लागि पालिका बन्द गरिएको छ ।

कोरोना संक्रमण भेटिए लगत्तै नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङ र उक्त विद्यालयको छात्राबास सिल गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि