असोज ०६, २०८१, आइतबार
               

थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

झापा । धान झार्ने क्रममा थ्रेसरमा च्यापिँदा शनिबार बिहान झापामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही वडाका भूपाल प्रसाईंको मे १ त ६६०१ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झारिरहेको बेला भूँईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुरुमा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो ।

मृतक महिलाको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि