जेठ ०६, २०८१, आइतबार
               

आरतीमाथि एसिड प्रहार गरेको आरोपमा श्रीमान् पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

धनुषा । जनकपुरमा २६ वर्षीया आरती साहमाथि एसिड आक्रमण गर्ने व्यक्ति उनकै श्रीमान् भएको पुष्टि भएको छ ।

आरतीमाथि एसिड आक्रमण गरेको आरोपमा प्रहरीले आरतीका पति जनकपुरधाम उपमहानगरपालिका २०, देवपुरारुपैठा बस्ने २७ वर्षीय सञ्जीव साहलाई पक्राउ गरेको छ । 

आरतीमाथि एसिड आक्रमण भएको केही घण्टामै उनलाई प्रहरीले पक्राउ गरेको हो । 

आरती र सञ्जीवको तीन वर्षअघि विवाह भएको थियो । 

श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि उनी माइतमा बसेर जनकपुरकै पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी थिइन् ।

पक्राउ परेका सञ्जीवलाई आजै सार्वजनिक गर्ने धनुषाका प्रहरी  उपरीक्षक रामेश बस्नेतले जानकारी दिए ।

आज (शनिबार) बिहान जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध साहकी छोरी आरतीमाथि एसिड आक्रमण भएको थियो । 

एसिड प्रहारबाट आरतीको निधार र छातीको केही भाग जलेको छ । उनको जानकी हेल्थकेयरमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि