धनुषा । जनकपुरमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-७ जानकी नगरका सुवोध साहका २६ वर्षीया छोरी आरती साहमाथि एसिड आक्रमण भएको हो ।
शनिबार बिहान साढे ९ बजे एक युवकले आरतीलाई एसिड प्रहार गरेका हुन् ।
उनको मुहार र छातीको भाग एसिड प्रहारका कारण जलेको छ ।
आरतीको अहिले जनकपुरको जानकी हेल्थकेयरमा उपचार भइरहेको छ ।
जनकपुरको देवपुरा रुपैठा घर भएकी आरती माइती घरमै बसेको बेला शनिबार बिहान एसिड प्रहार भएको स्थानीयले बताएका छन् ।
धनुषा प्रहरीले एसिड प्रहार गर्नेको खोजी गरिरहेको जनाएको छ ।