जेठ ०६, २०८१, आइतबार
               

विदेश पठाउने बहनामा महिलालाई वेश्यावृत्तिमा लगाउने तीन जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

काठमाडौं । कास्की प्रहरीले विदेश पठाउने बहानामा दुई जना महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेरूमा कास्कीको मादी गाउँपालिका–१ खेलसङका २१ वर्षीय जीवन नेपाली, पोखरा महानगरपालिका–४ बगालेटोलकी ३० वर्षीया अन्जु गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–४ घर भएका २६ वर्षीय आशिष भुजेल रहेका छन् ।

पक्राउ परेका उनीहरूले दुई फरक–फरक जिल्लाका दुई जना महिलालाई वैदेशिक रोजगारीको लागि विदेश पठाइदिने र विदेश पठाउनको लागि आवश्यक पर्ने रकम समेत आफूहरूले नै उपलब्ध गराइदिने भन्दै पोखरामा लगेर जबरजस्ती वेश्यावृत्तिमा लगाएको खुलेको प्रहरीको भनाइ छ ।

गत कात्तिक २६ गते पोखरा महानगरपालिका–६ लेकसाइड ल्याइएका महिलाहरूलाई वेश्यावृत्तिमा संलग्न गराउने उद्देश्यले कोठामा बन्धक बनाएर राखेको, वेश्यावृत्तिका लागि मोलमोलाई गरिरहेको र उनीहरूलाई शारीरिक तथा मानसिक यातना दिइरहेको अवस्थामा उनिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका दुवै जना महिलाहरूलाई संरक्षण केन्द्रमा राखिएको छ र उनीहरूका आफन्तलाई बोलाएर जिम्मा लगाउने तयारी भइरहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि