जेठ ०६, २०८१, आइतबार
               

महिला बेचबिखनकाे आरोपमा ३ जना पोखराबाट पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

पोखरा । कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा ३ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका–१ खेलुङका जिवन नेपाली, पोखरा महानगरपालिका–४ की अन्जु गुरुङ र काभ्रे पाँचखालका आशिष भुजेल रहेको कास्की प्रहरीले जनाएको छ । 

उनीहरुले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराउने उदेश्यले शरीर बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना गरेको प्रहरीले जनाएको छ । 

विभिन्न जिल्लाबाट २ जना महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि  पोखरा महानगरपालिका–६ लेकसाइडस्थित विभिन्न प्रलोभनमा पारि जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराउन 'बार्गेनिङ' गरिरहेको साथै  महिलाहरुलाई शारीरिक तथा मानिसक यातना समेत दिइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले यहि कार्तिक २६ गते ३ जनालाई पक्राउ गरि पिडित दुवैजना महिलालाई उद्दार समेत गरेको छ ।

पक्राउ परेकालाई बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर  मुद्धा दर्ता गरिएको कास्की प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि