असोज ०६, २०८१, आइतबार
               

संक्रमित शून्य भएको हुम्लामा फेरि थपिए चार संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

सिमकोट । कोरोना संक्रमणमुक्त भएको हुम्लामा नयाँ संक्रमित फेला परेका छन्।

कोरोना लक्षण भएको आशंकामा पिसिआर परीक्षण गराउँदा चारजनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका पाँच जना स्थानीयको स्वाव परीक्षण गर्दा एक जनाको मात्रै नेगेटिभ आएको डाक्टर टसी आङजु लामाले जानकारी दिए ।

६३, ६०, ३१, र १६ वर्ष उमेरका दुई पुरुष र दुई महिलामा संक्रमण देखिएको हो ।

नाम्खा गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

जिल्लामा पहिलो पटक असोज ३ गते एक युवतीमा कोरोना संक्रमण देखिएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि