जेठ ०६, २०८१, आइतबार
               

पाँच लाखसहित कुखुराको खोरबाट २४ जुवाडे पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाख १७ हजार १७५ रुपैयाँसहित २४ जना जुवाडे पक्राउ गरेको छ । 

उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो ।

स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि