जेठ ०६, २०८१, आइतबार
               

भारतीय सैन्य कलेजको हाताभित्रबाट नेपाली युवती पक्राउ

एजेन्सी
कात्तिक २७, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्रबाट एक नेपाली युवती पक्राउ परेकी छिन् । 

ती महिला गैरकानुनी रुपमा  बसेको भन्दै त्यहाँको प्रहरीले पक्राउ गरेको हो । २६ वर्षीया महिला नवलपरासीको भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनी एक आर्मी अफिसरको निवासमा बसेको सूचना पाएपछि उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरी अनुसन्धानको क्रममा मार्च २३ मा आफूले पर्खाल नाघेर कलेजमा प्रवेश गरेको बयान दिएकी छन् । उनी किन त्यसरी प्रवेश गरिन् भन्ने सम्बन्धमा उनले केही बताएकी छैनिन् ।

ती महिलालाई मंगलबार अदालतमा पेश गरिएको थियो ।

यसअघि ती आर्मी अफिसर र महिलाबीच बाहिर भेट हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

सो घटनामा आर्मी अफिसरको संलग्नताको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

यो पनि